बाढी, पहिरो र डुबानमा ज्यान गुमाउनेको परिवारलाई रु. दुई लाख राहत

Advertisement

काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानमा ज्यान गुमाउनको परिवारलाई दुई लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि एक लाख रुपियाँ मात्रै राहत दिने गरेको सरकारले यस पटक बढाएर दुई लाख रुपियाँ पुर्याएको हो ।

मन्त्रिपरिषद बैठकले राहत तथा क्षतिपूर्ति सम्बन्धि प्रावधानमा संशोधन गरी मृतकका परिवारलाई राहत रकम बढाएको हो । एकै घरका एकजना भन्दा बढी मानिसको मृत्यु भएमा सुरुको एक जनालाई २ लाख र त्यसपछिलाई प्रति मृतक एक लाख रुपियाँ दिइने छ ।

यस्तै, सरकारले बाढी, पहिरो र डुबानका कारण घरबारविहीन भएका लागि प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न एक लाख तथा प्रकोप पीडितलाई दैनिक गुजारा गर्न पाँच जनाको परिवार भए १५ हजार र त्यसभन्दामाथि भए २० हजार रुपिया राहत उपलव्ध गराउने निर्णय गरेको छ ।

सरकारले बाढी, पहिरो, डुबान र कटानबाट घरबारबिहीन भएकालाई भूकम्पपीडित सरह अनुदान दिने निर्णय भएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement