शेखर गोल्छा भन्छन्– हामीले काम नगरेको भए मौद्रिक नीति यति राम्रो आउँथ्यो र ?

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना प्रभावित अर्थतन्त्र उकास्त आफूहरु क्रियाशील रहेको बताउँदै सोही प्रयासको एक प्रतिफलको रुपमा मौद्रिक नीति राम्रो आएको बताएका छन् । ट्वीट गर्दै शुक्रबार उनले पदाधिकारीले काम गरेनन् भन्ने आरोपको खण्डन गर्दै कामको सफल उपलब्धी मौद्रिक नीति भएको बताएका हुन् । गोल्छा भन्छन्, ‘हामी महासंघका जिम्मेवारी बोकेका पदिधिकारी र सदस्य कोरोनाले आक्रान्त पारेको अर्थतन्त्र उकास्न निरन्तर प्रयासरत छौं, त्यसैको एक उपलब्धि मौद्रिक नीति पनि हो । अहिले काम गर्न नसक्ने भयौं भनेर जिम्मेवारी लिएको व्यक्तिले भन्नु खेदजनक छ । पदमा भएकालाई काम गर्न कसैले रोक्न सक्दैन।’

Advertisement

Advertisement

Advertisement