किया सोनेटको पहिलो तस्बिर सार्वजनिक, कम्प्याक्ट एसयुभीमा थप्यो नयाँ गतिशीलता

Advertisement

काठमाडौँ । किया मोटर्स कर्पोरेसनको पूर्ण स्वामित्वको भगिनी संस्था किया मोटर इन्डियाले बिहीबार नयाँ किया सोनेट कम्प्याक्ट एसयुभीको पहिलो तस्बिर सार्वजनिक गरेको छ ।

सोनेटको अवधारणा पहिलोपटक २०२० दिल्ली अटो एक्स्पोमा सार्वजनिक गरिएको थियो । यसको ताजा बाहिरी डिजाइनले व्यापक प्रशंसा पाएको थियो । सार्वजनिक गरिएको नयाँ तस्बिरका साथ सोनेटले आगामी हिउँदमा बजारमा आउँदा डिजाइनको नयाँ मानक स्थापना गर्नुका साथै कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ गतिशीलता थप्ने लक्ष्य लिएको छ ।

किया सोनेटले चित्ताकर्षक डिजाइनलाई प्रिमियम र ताजा अपिलसँग एकाकार गर्दै उक्त ब्रान्डको डिएनएलाई जोड दिएको छ । कम्प्याक्ट एसयुभीको बोल्ड डिजाइनमा कियाको परिचायक डिजाइन विशेषताहरु, सशक्त दृश्य प्रभावका लागि त्रिआयामिक ज्यामितीय ‘स्टेपवेल’ जालिका साथ विख्यात बाघको नाक जस्तो जालि लगायतको सम्मिश्रण छ । कियाको परिचालक जालिमा भारत प्रभावित प्रभाव प्रदर्शन हुँदा सोनेटको आक्रामक मुद्राले यसको विषम अपिल प्रकट गरेको छ ।

‘नयाँ किया सोनेटका साथ कम्प्याक्ट एसयुभीमा धेरै ठूला बाहनमा मात्र पाइने एउटा सशक्त र मजबुत विशेषता दिने हाम्रो आकांक्षा थियो । यसलाई ध्यानमा राखेर हामीले गजबको एसयुभीमा हुनुपर्ने भनी हामीले विश्वास गरेको विशिष्ट स्पोर्टी भाव, निश्चित मुद्रा र गतिशील रुपरेखा अनुसार डिजाइन गरेका छौं । हामीले नयाँ किया सोनेटको सबै पक्षमा कुनै सम्झौता नगरी ध्यान दिनुका साथै भारतमा हाम्रा डिजाइनरले फेला पार्न सक्ने उत्कृष्ट सांस्कृतिक सम्पदाबाट प्रभािवत रङ र मेटेरियल छनोट गरेका छौं,’ किया मोटर कर्पोरेसनको किया डिजाइन सेन्टरका प्रमुख तथा सिनियर भाइस प्रेसिडेन्ट करिम हबिबले भने । ‘समग्रमा हामी नयाँ किया सोनेट हाम्रा युवाहरुका लागि लोभलाग्दो विशेषतासहितको शानदार एसयुभी हुनेछ भन्ने विश्वास गर्दछौं ।’

सोनेट भारतमा कियाद्वारा निर्मित दोस्रो कार हो । यसअघि कियाले भारतमा सेल्टोस उत्पादन गरेको थियो । नयाँ मोडलले विश्वभरका ग्राहकलाई आकर्षित गर्ने र छिट्टै यसको ग्लोबल प्रिमियर हुने बताइएको छ । त्यसपछि आगामी पर्वको छेकोमा भारतमा सोनेट सार्वजनिक गर्ने कार्यक्रम छ । किया सोनेट प्रविधिसँग जानकार, आकांक्षी र सामाजिक रुपमा जोडिएका युवा पुस्ता लक्षित कार हो ।

द पावर टू सरप्राइज ब्रान्ड स्लोगनका साथ किया मोटर इन्डिया, सेल्टोसको हालसालै गरिएको सार्वजनिकीकरण र कार्निभलमा देखिएको अतुलनीय स्वामित्व अनुभव प्रस्तुत गर्दै ग्राहकको अतृप्त आवश्यकता र चाहना पहिचान एवं परिपूर्तिका लागि प्रयासरत छ । लन्च हुँदा सोनेट चित्ताकर्षक डिजाइनका कारणले मात्र नभएर अति उत्तम निर्माण गुणस्तर, यो वर्गको नेतृत्वदायी विशेषता, कनेक्टिभिटीको नविनता, पावरट्रेनको छनोट र बृहत् सुरक्षा उपकरणका कारण प्रख्यात हुने कम्पनीले दाबी गरेको छ ।

Advertisement

Advertisement

Advertisement