हाम्रो अदालतमा सबैथोक छ, तर सामाजिक न्याय र न्यायमा निष्पक्षता छैन्, त्यसैले यो अड्डा हो

Advertisement

न्याय सत्य खोज्ने प्रक्रिया हो। अहिले हामीले प्रयोग गरेको न्याय प्रणाली उपनिवेशी न्याय प्रणालीबाट आएको हो । र, अहिले पनि उपनिबेशि नै छ । भारतबाट भौतिक उपनिवेश गयो, तर हाम्रा न्याय क्षेत्रमा गाडिएको उपनिवेशी न्याय प्रणाली कहिले पनि गएन् । जनताको आस्था न्याय प्रणालीप्रति शुन्य छ । छट्पटी गर्नुबाहेक केही छैन् । सबै कुरा औपचारिकतामा सकिन्छ । नियुक्ति, कार्यविधि, फैसला सबै । तर, पनि यही क्षेत्रमा म निरन्तर लागि रहेको छु । मलाइ विश्वास छ, अब आउने पुस्ताले यसलार्इ बदल्ने छ । हामीले गरेको फोहोर नयाँ पुस्ताले सोहोर्ने छ । तर २० वर्ष लाग्छ । भोलि इतिहास लेखिने छ । इतिहासबाट डराउन सिक्नु सबैका लागि कल्याण हुन्छ।

१. न्याय प्रणालीमा सामाजिक न्यायको अवधारणा जिरो छ । कम्पनीले व्याक्तिका विरुद्ध मौलिक हक उल्लङ्घनका मुद्दा हाल्छ्न । तत्काल पेसी पर्छ। विकासका योजना रोक्ने अन्तरिम आदेश जारी हुन्छ्न् । धनीका मुद्दा हेर्ने कमर्सियल इजलास छ्न् । वकालत सेवा होइन ब्यापार भएको छ । न्यायाधीश गोजीका लिस्टबाट मध्यरातमा नियुक्त हुन्छ्न् । राम्रा जति न्यायाधीश डामिन्छ्न। बिचारा बनेका छ्न् । छोराछोरी पढाउन जागिर कायम राखेर बसेका छ्न् ।

२. एक पटक एक आततायी श्रीमतीले आफू बच्न घच्याट्दा लागेको चोटले लोग्ने मरेछ । बिचारा त्यो महिलालाई जोगाउन सकिएन् । उनी सजाय भोग्दा भोग्दै टिबि लागेर मरिन् । दाङमा झुट्टो मुद्दामा फँसाएको विजय शर्माको पीडा सुन्छु । फोन उठाउन मन लाग्दैन। पुलिसले भात खाएको पैसा माग्दा झगडा परेर जिउ मास्ने बेच्ने मुद्दा लागेकी महिला जेलमा सडेको देखेको छु । कम्पनीले भ्याट नतिरेको आरोपमा इन्जिनियरले जेल भोग्नुपर्ने बाध्यता छ । गरिब जति जेलमा छ्न् । सामाजिक न्यायको एक शब्द उच्चारण कहीं हुँदैनन् । सरकार कम्युनिष्टको, बारमा कम्युनिस्ट, महान्यायाधिवक्ताको अफिस कम्युनिष्टको नेतृत्वमा । किन गरिब मात्र जेलमा, अनि किन धनीको सजाय मात्र कम हुने ? आफूलार्इ मार्क्सवादी विज्ञानको बिद्यार्थी भन्न लाज लाग्छ । न्याय काङ्ग्रेस, कम्युनिस्ट, वकिल, न्यायाधीश, नेता कर्मचारी सबैको कठ्पुतली बन्यो । आएरले एउटा फैसलामा लेखेका छन, जब समाजमा न्याय मर्छ समाजमा मानिसको हालत पोखरीबाट बाहिर निकालेको माछा जस्तै हुन्छ ।

३. जुरिमेट्रिक्स लगाएर अध्ययन गर्दा दुई ठकुरी न्यायाधीशले गरेका फैसलाले एउटा रोचक तथ्य बाहिर ल्यायो । एक जनालार्इ भरुवा बन्दुकले मारेको रहेछ । अर्कोमा हँसियाले घाँटी काटेर मारेको रहेछ । मार्ने र मर्ने साथीहरू । फैसलामा बन्दुक घातक हतियार मानिएन छ । हँसिया चै घातक भएछ । बन्दुक हान्नेलार्इ सजाय घटाइए छ । हाँसिया हान्नेलाई सर्वस्व भएछ । किनकी घरमा बन्दुक भित्तामा झुन्ड्याउने बाबुसाहेबहरुलाई नाथे भरुवा बन्दुक घातक नलाग्नु स्वाभाविक कै हो । त्यसैले रन्जन कोइरालाले सजाय घटी पाउनु ठूलो कुरा होइन। उनी हिजोका डिआइजी हुन् । माथि भनिएकी महिलाको समाजमा के महत्व ?

४. हामीले चलाएको न्यायको स्रोत मेडिसन, चर्चिल, जोहन लक, कोलम्बस, स्तटुवार्ट मिल, म्याकाउले, मैन, अस्टिनबाट आएको छ । जोहन लकले भने– दक्षिण अमेरिका र उतर अमेरिकाका आदिवासी अपराधी मान्छेबाट मानवलार्इ जोगाउन उनीहरुलार्इ मार्दा अपराध हुँदैन। चर्चिलले भने खरायो जस्तो नानी पाउने इन्डियन मार्दा किन आपत्ति ? अँग्रेज महिलालाई छुँदा २० वर्ष सजायँ र सेता मालिकले कामदार महिला बलात्कार गर्दा महिलाले शुद्ध चरित्र प्रमाणित गर्नुपर्ने ? गरिबलाई न्याय कमन ल मा छैन। अमेरिकामा २७ लाख कैदी, ९० प्रतिशत काला गरिब र आदिबासी ।

५. न्याय गर्न अवधारणा चाहिन्छ । कृष्ण आयर र भगवतीमा सामाजिक न्यायको अबधारणा थियो । हाम्रोमा त न्यायाधीश जागिर हो । न्याय जागिर हो । तेसैले रन्जनले न्याय पाउँछन्, गरिवले पाउँदैनन् । विजय शर्मा जेलमा धनी र पदवाला जति बाहिर । हाम्रो अदालतमा सबैथोक छ । सामाजिक न्याय र न्यायमा निष्पक्षता छैन् । त्यसैले यो अड्डा हो । न्यायालय ?

Advertisement

Advertisement

Advertisement