बन्द उद्योगको सेयरमा लगानीकर्ता किन भए आकर्षित ?

Advertisement

काठमाडौँ । सेयर बजारमा आज एउटा रमाइलो घटनाक्रम भने देखियो । उद्योग बन्द गर्ने सूचना दिएको श्रीराम सुगर मिल्सको सेयरमा लगानीकर्ताका आकर्षण देखिएको हो । आज बिहान नेप्सेलाई उद्योग बन्द भएको सूचना दिएको सो उद्योगको सेयर प्रतिकित्ता ३३८ मा कारोबार भयो । आज सो उद्योगको सेयर प्रतिकित्ता रु १६ ले वृद्धि भयो ।

प्रतिकित्ता रु ३२२ मा कारोबार शुरु भएको सो कम्पनीको सेयरमा एकाएक वृद्धि भई ३३८ पुग्यो तर उद्योग बन्द भएको सूचना भने यसअघि नै सार्वजनिक भइसकेको थियो । जानकारहरुका अनुसार उद्योगले चर्चेको जग्गा बिक्री गरी उखु किसान, कर्मचारीलगायत अन्यलाई समेत भुक्तानी गर्ने तयारी गरेको भन्ने हल्ला बजारमा फैलिएसँगै श्रीराम सुगर मिल्सको सेयरमा वृद्धि भएको हो ।

कर्मचारीलाई तलबभत्तासम्म खुवाउन नसकेको भन्दै उद्योगले आइतबारदेखि बन्द भएको नेप्सेलाई जानकारी दिएको छ । आव २०७५÷७६ सम्म कम्पनीको कूल घाटा रु दुई अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ पुगेको छ । नेपालको पुरानोमध्येको एक श्रीराम सुगर मिल्स बन्द भएपछि रौतहट आसपासका किसानलाई भने आफूले लगाएको उखु बिक्री गर्न समस्या देखिएको छ । मङ्गलबारदेखि भने सो कम्पनीको सेयर नियमित कारोबार हुनेछैन ।

Advertisement

Advertisement

Advertisement