बैंकहरुलाई लाभांश वा बोनस नदिन केन्द्रीय बैंकको निर्देशन

Advertisement

फ्रान्कफर्ट । युरोपेली केन्द्रीय बैंक (इसिबी) ले युरोपेली युनियनका देशमा छरिएका बैंकहरुलाई आगामी जनवरी १, २०२१ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको छ । कोरोनाभाइरस संकटका कारण उत्पन्न हुनसक्ने आर्थिक उतारचढाव थेग्न पर्यात सुरक्षा व्यवस्था गर्न यस्तो आग्रह गरिएको हो ।

इसिबीले यसअघि पनि लाभांश वा बोनस भुक्तानीमा रोक लगाउने अस्थायी निर्णय गरेको थियो । यो निर्णय आगामी अक्टोबर २०२० सम्मका लागि जारी गरिएको थियो । इसिबीले मंगलबार जारी गरेको विज्ञप्तिमा कोरोनाकालमा बैंकहरुमा पुगेको नोक्सानीबाट माथि उक्लन तथा मुलुकका अर्थतन्त्रलाई मद्दत गर्न पनि बोनस वा लाभांश बितरण रोक्नु परेको उल्लेख छ । रासस–एएफपी

Advertisement

Advertisement

Advertisement