आजपनि घट्यो शेयर बजार, यी १० कम्पनीको सबैभन्दा बढी कारोबार

Advertisement

काठमाडौँ । शेयर बजार आज पनि घटेको छ । हिजो २ अंकले घटेको बजार आज फेरी ७.५९ अंकले घटेको हो । ०.५२ प्रतिशतले घट्दा परिसूचक १४५४.८९ अंकमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १ सय ८५ कम्पनीका ३२ लाख ४७ हजार ६८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २५ करोड ९७ लाख ५१ हजार ५ सय ५७ रुपियाँको कारोबार भएको छ ।

आज वित्त र म्युचुअल फण्ड समूह बढेका छन् भने बाँकी सबै समूह राताम्मे भएका छन् ।

नेप्सेका अनुसार आज नेपाल पुनर्बीमा कम्पनी कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल पुनर्बीमाको १० करोड ३५ लाख ७६ हजार १ सय ५९ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ८९ लाख २८ हजार ९ सय ८ रुपियाँ, एनएमबि बैंकको ६ करोड ४१ लाख ९१ हजार ४ सय ५६ रुपियाँ, एनआईसी एशिया बैंकको ५ करोड ६२ लाख ७० हजार ४० रुपिया, हिमालयन डिस्टिलरीको ५ करोड ४५ लाख ९१ हजार ३ सय ५९ रुपिया, एनआईसी एशिया लघुवित्तको ४ करोड ९४ लाख ७८ हजार ७ सय ९० रुपियाँ, नबिल बैंकको ४ करोड ४५ लाख ५७ हजार ८ सय २१ रुपियाँ, एनसीसी बैंकको ३ करोड ७४ लाख ८९ हजार ३ सय ५६ रुपियाँ, शिखर इन्स्योरेन्सको ३ करोड १ लाख २ हजार १ सय ४५ रुपियाँ र नेपाल बैंक लिमिटेडको २ करोड ९२ लाख ६५ हजार ७ सय ९१ रुपियाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement