नेप्सेको वेबसाइट ह्याकरको निशानामा, 'डाटा तान्ने प्रयास रोक्न प्रयास गर्दैछौँ': प्रवक्ता

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) को वेबसाइट ह्याकरको निशानामा परेको छ ।

आधिकारिक वेबसाइट नेपालस्टकडटकमडटएनपी तथा नेपालस्टकडटकम मा कारोबार सम्बन्धी विवरण ढिलो देखिने, निश्चित क्षेत्रमा निश्चित समयका लागि कारोबार विवरण नदेखिने समस्या देखिएपछि नेप्सेलाई तनाब भएको छ ।

दुबै वेबसाइटबाट विभिन्न कोड प्रयोग गरी अनधिकृत रुपमा ठूलो परिमाणमा विवरण(डाटा) तान्ने निरन्तर प्रयास भइरहेको पाइएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले आज सूचना प्रकाशित गरी जनाएका छन् ।

नेप्सेको वेबसाइटमा विवरण हेर्न खोज्नेको संख्या कृतिम रुपमा अत्याधिक बढेको र सर्वसाधारण प्रयोगकर्तालाई असुबिधा पुग्न गएकाले यसरी अनधिकृत रुपमा वेबसाइटमा पहुँच स्थापित गरी सेवा अवरुद्ध गर्ने प्रयासलाई रोकथाम गर्न प्राविधिक उपाय अपनाइरहेको सूचनामा उल्लेख छ ।

‘आगामी दिनमा पनि त्यस्ता अबैध प्रयास जारी राखेमा नेप्से कानूनी कारवाहीको प्रक्रियामा जान बाध्य हुनेछ’– प्रवक्ता पराजुलीद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement