धितोपत्र बोर्डले भन्यो- ‘सगुन इन्कर्पोरेशनको शेयरमा लगानी नगर्नू, स्वीकृति लिएको छैन’

Advertisement

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सगुन इन्कर्पोरेशनको शेयरमा लगानी नगर्न आग्रह गरेको छ । बोर्डले सूचना प्रकाशित गरी बोर्डबाट स्वीकृत प्राप्त नगरेका निष्काशन तथा योजनाहरुमा सहभागी नहुन सर्वसाधारण लगानीकर्ताहरुलाई आग्रह गरेको हो ।

केही समय यता विभिन्न सञ्चार माध्यमहरुमा आएको विदेशमा दर्ता भएको सगुन जस्ता कम्पनीले नेपाली लगानीकर्ताहरुलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको विज्ञापनप्रति बोर्डले सूचना मार्फत गम्भीर ध्याकर्षण भएको जनाएको छ ।

‘बोर्डको स्वीकृति बिना नेपालमा धितोपत्रको निष्कशन गर्ने कार्य गैरकानूनी हो । त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्दा बोर्डबाट स्वीकृति प्राप्त गरेको निष्काशनमा मात्र लगानी गर्न सर्वसाधारण लगानीकर्तालाई अनुरोध गरिन्छ’– बोर्डद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement