सिटिजन्स बैंकले ९.५० प्रतिशत ब्याज दरमै दिने भयो एसएमई र घर कर्जा

Advertisement

काठमाडौँ । सिटिजन्स बैंकले ग्राहकहरुलाई लक्षित गर्दै विशेष सुविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) सार्वजनिक गरेको छ । 

घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५० प्रतिशत वार्षिक ब्याजदरमा नै जग्गा÷घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले कागजात पेश गरेको ३ कार्य दिन भित्र निर्णय हुने सरल प्रक्रिया सहितको २५ वर्ष सम्मको समयावधि भएको योजना अन्तरगत घर कर्जा लिने सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने बैंकले जनाएको छ । 

Advertisement

यसका साथ साथै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत  वार्षिक ब्याजदरमा उपलब्ध गराउने छ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुका लागि सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न देशै भरी छरिएका बैंकका १०९ शाखाहरुबाट कार्यारम्भ समेत थालिएको जनाएको छ । 
 

Advertisement

Advertisement