कोरोना संक्रमित र मृत्युको संख्या ह्वात्तै बढेपछि सरकार झस्कियो, फेरि कडाई गर्ने संकेत

Advertisement

काठमाडौं । कोरोना (कोभिड १९) संक्रमितको संख्यामा कमी आएको भन्दै लकडाउन हटाएको सरकार पछिल्ला दिनमा संक्रमित र मृत्युको संख्या ह्वात्तै बढेपछि झस्किएको छ । परीक्षणको दायरा घटाउँदै लगेको आधारमा सरकारले संक्रमितहरु घटेको विश्लेषण गर्दै आएको थियो । 

कोरोना फैलिने क्रम निकै बढेपछि सरकारको संकट व्यवस्थापन केन्द्रको निर्देशक समितिले नियन्त्रणका लागि के गर्ने ? भन्ने सम्वन्धमा छलफल सुरु गरेको छ । समितिले परीक्षणको दायरा बढाएर परिस्थितिको विश्लेषण गर्ने र परिस्थिति प्रतिकुल बन्ने अवस्था देखिए फेरि लकडाउन गर्नुपर्ने अवस्था आउने ठहर गरेको छ । 

Advertisement

लकडाउन अन्त्यको निर्णय गरिएको दिन साउन ६ गतेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४० थियो । दश दिनमै त्यो बढेर ५६ पुगेको छ । कोरोना संक्रमितको संख्या पनि सोही अवधिमा १७ हजार ९९४ बाट बढेर शुक्रबारसम्म २० हजार पुग्ने अनुमान गरिएको छ । 

प्रहरीदेखि बाहिर जिल्लाबाट राजधानी काठमाडौं छिर्नेहरुमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएको छ । त्यसरी संक्रमित देखिएपछि गृह मन्त्रालयले काठमाडौं प्रवेशमा कडाई गरिसकेको छ भने उपप्रधान तथा रक्षामन्त्रीको नेतृत्वमा बसेको बैठकले परीक्षणको दायरा बढाएर विश्लेषण गर्ने निर्णय गरेको छ । 

भदौ १ गतेबाट लामो दूरीका यातायातदेखि हवाई सेवा सञ्चालनको तयारी गरिरहेको सरकार पछिल्लो तीब्र संक्रमणका कारण अन्योलमा परेको छ । कोरोनाकै कारण विद्यालय र कलेजहरु खोल्ने निर्णय गर्न सरकारले सकेको छैन् । नेपाल उद्योग बाणिज्य महासंघको साधारणभासहित अन्य सभा, सम्मेलन गर्न अनुमति दिएको छैन् । तर, लकडाउन खेलेसँगै मानिसहरुको चहलपहल बढेपछि संक्रमण पनि तीब्र देखिएको छ । 

Advertisement

Advertisement