सबै खरिदबिक्री प्रतिष्पर्धाकै आधारमा, ‘टेलिकममा रणनीतिक साझेदार भित्र्याउँदैछौँ’: खतिवडा

Advertisement

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सञ्चार मन्त्रालयका सबै खरिद बिक्री प्रतिष्पर्धाका आधारमा हुने बताएका छन् । 

प्रतिनिधि सभा अन्तरगतको विकास तथा प्रविधि समितिले आज आयोजना गरेको छलफल कार्यक्रममा उनले स्यालेलाइट वा सेक्युरिटी प्रिन्टिङ प्रेस होस् जस्ता सबै खरिदहरु सार्वजनिक प्रतिष्पर्धाबाट मात्रै हुने बताएका हुन् ।

Advertisement

टेलिकम्युनिकेशनका फ्रिक्वेन्सीहरु पनि प्रतिष्पर्धाकै आधारमा हुने उनले बताए । 

टेलिकममा रणनीतिक साझेदार ल्याउँछौँ
विकास समिति बैठकमा मन्त्री खतिवडाले नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउने कुरा पनि बताए । ‘व्यवस्थापन करारमा दिने हो, अहिलेभन्दा धेरै नाफा भए यसैलाई दिने हो, तर साझेदार ल्याउने कि नल्याउने भन्ने टेलिकमकै बोर्डले निर्णय गरोस्’–मन्त्री खतिवडाले भने ।

रणनीतिक साझेदार भित्र्याएर टेलिकमलाई अझै माथि उठाउन सकिने कुरामा विचार गर्न उनको सुझाव थियो । 

‘सार्वजनिक खरिद ऐनका कारण टेलिकम पछि परेको हो, ऐन संसोधन भए आफैँ अघि बढ्न सकिन्छ भने पनि ठीकै हो’–मन्त्री खतिवडाको भनाई थियो । 
 
 

Advertisement

Advertisement