सेनाले पत्रकार सम्मेलन गरेर भन्यो– जोखिममा रहेको ८० करोड उठाइयो, अब पाँच करोड बाँकी छ

Advertisement

काठमाडौं । नेपाली सेनाले विभिन्न वित्तीय संस्थामा जोखिममा रहेको सैनिक कल्याणकारी कोषको ८० रुपियाँ लगानी उठाउन सफल भएको जनाएको छ । सेनाले शुक्रबार पत्रकार सम्मेलन गरी जोखिममा रहेको लगानीको ठूलो अंक अशुल्न सफल भएको र अब पाँच करोड दुई लाख रुपियाँ मात्र बाँकी रहेको जनाएको छ ।

सेनाका सहायक रथी सुरज केसीले आफूहरुको प्रभावकारी व्यवस्थापन र नीतिका कारण जोखिममा रहेको करोडौं रुपियाँ अशुलउपर गर्न सफल भएको जनाए । उनले बाँकी जोखिम रकम पनि क्रमशः घटाउँदै जाने बताए । 

Advertisement

सेनाले समस्यामा परेका युनाइटेड विकास बैंक, नेपाल शेयर मार्केट एण्ड फाइनान्स लिमिटेड, सम्झना फाइनान्स लिमिटेड, हिमालय फाइनान्स लिमिटेडलगायतमा लगानी गरेको छ ।

सेनाको कल्याणकारी कोषमा रकम बढेर ४५ अर्ब ८६ करोड ५० लाख पुगेको छ । त्यस्तै, गएको असारसम्म विभिन्न संस्थामा गरेको पाँच अर्ब ७४ करोड २४ लाख लगानीसहित कोषको यथार्थ सम्पत्ति ५१ अर्ब ६१ करोड ४ लाख पुगेको छ ।

Advertisement

Advertisement