सनराइज बैंक र एटी सर्भिसबीच सम्झौता, हङकङका नेपालीलाई पैसा पठाउन सजिलो

Advertisement

काठमाडौँ । सनराइज बैंक लिमिटेड र हङकङ स्थित एटी सर्भिस मार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौता अनुसार हङकङमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी एटी सर्भिस मार्फत पैसा पठाउदा तुलनात्मक अधिक्तम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको बैंकले जनाएको छ । 

Advertisement

एटी सर्भिसमार्फत हङकङबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ । 

साथै बैंक खातावालाको हकमा भने, यो सेवा सन्राइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिने बैंकले विश्वास लिएको छ । 

Advertisement

Advertisement