बैंक अफ काठमाण्डूको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई गर्यो सहयोग

Advertisement

काठमाडौं । बैंक अफ काठमाण्डूको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख ५१ हजार रुपियाँ सहयोग गरेको छ । 

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) प्रकोपबाट सिर्जना भएको कठिन परिस्थितिमा व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) उत्पादन गर्दै आएको केन्द्रलाई संघले सहयोग गरेको हो । 

Advertisement

संघले सीमित स्रोत साधनका बीच संक्रमण नियन्त्रणको प्रयास अग्रस्थान रही नेपालमै पीपीई उत्पादन गर्दै आएकोले केन्द्रलाई वित्तीय सहयोग गरेको जनाएको छ । आविष्कारको क्षेत्रमा क्रियाशील रही सामाजिक कार्यमा समेत लाग्दै आएका डा. महाविर पुनले केन्द्रको नेत्तृव गर्दै आएका छन् । संघका प्रमुख अरुण श्रेष्ठले पुनलाई एक समारोहको बिच सहयोग हस्तान्तरण गरेका हुन् । 

Advertisement

Advertisement