नेपाल फाइनान्समा नयाँ सञ्चालकहरु नियुक्त

Advertisement

काठमाडौं । नेपाल फाइनान्स कम्पनीको रिक्त दुई सञ्चालक पदमा नयाँ नियुक्त भएको छ । सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै पानस इन्भेष्टमेन्ट प्रालिको तर्फबाट रोजीना श्रेष्ठ र स्वतन्त्र सञ्चालकमा आनन्दकृष्ण ताम्राकार नियुक्त भएका छन् । यो नियुक्तीसंगै कम्पनीको सञ्चालक समितिले पूर्णता पाएको छ ।

नेपाल राष्ट्र बैंकले फाइनान्सलाई  ५ बर्षअघि समस्याग्रस्त घोषण गरिएकोमा २०७६ मंसिर २५ गतेबाट सशर्त फुकुवा कारोबार शुभारम्भ गरेको थियो । प्रमुख कार्यकारी अधिकृतमा उध्दबराज थपलियाको नेतृत्वमा असार मसान्तसम्ममा २१ करोड निक्षेप संकलन गरी १२ करोड रुपियाँ कर्जा प्रबाह गर्न फाइनान्स सफल भएको छ । कमलादीमा केन्द्रिय कार्यालय तथा नयाँसडकमा शाखा कार्यालय संचालनमा रहेको संस्थाले भविश्यमा देशका विभिन्न भागमा शाखा संचालनमा ल्याउने गरी कार्ययोजना तयारी गरेको छ ।

Advertisement

प्रा.हिरेन्द्रमान प्रधान अध्यक्ष, चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, रोजीना श्रेष्ठ, आनन्द कृष्ण ताम्राकार र लक्ष्मी महर्जन गरी फाइनान्सको ७ जना सञ्चालक रहेका छन् ।

Advertisement

Advertisement