स्थिर र दिगो उन्नतिः अनुशासनसहितको बलियो र विश्वासिलो रिलायन्स लाइफ

Advertisement


रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनाभित्रै ६३ करोड रुपैयाँको आइपीओ जारी गर्दैछ । नयाँ जीवन बीमा कम्पनीहरुमध्ये पहिलो आइपीओ निष्काशन गर्ने अवसर रिलायन्सले पाएको हो । नयाँ कम्पनीमध्ये आइपीओ जारी गर्ने अनुमति र प्रक्रिया यति चाँडै कसरी सकियो ? कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) प्रविण रमण पराजुली भन्छन्,‘हाम्रो पहिलो ध्यान संस्थागत सुशासनमा छ, समयमै वित्तिय विवरण तयार पार्ने, बीमांकीय मूल्यांकन गराउने, बीमा समितिबाट स्वीकृत गराउने अनि साधारण सभाबाट पास गराउने कुरालाई हामीले उच्च प्राथमिकतामा राख्दै आएका थियौं, त्यसकै परिणाम स्वरुप भदौ भित्रै आइपीओ निष्काशन हुँदैछ ।’

कम्पनीले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता साधारण सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये ३ लाख १५ हजार कित्ता कर्मचारी र ३ लाख १५ हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ५६ लाख ७० हजार कित्ता भने सर्वसाधारणका लागि छुट्याईएको छ । रिलायन्सले गत आर्थिक वर्ष २०७६।७७ मा एक अर्ब ४२ करोड रुपैयाँ प्रीमियम संकलन गरेको थियो । जसमध्ये प्रथम बीमा शुल्क नै ९५ करोड छ । रिलायन्सले ३० हजार ७ सय ८९ वटा बीमालेख बिक्रि गरिसकेको छ । 

एक सय वटा शाखाबाट १३ वटा बीमा पोलिसी बिक्रि गरिरहेको कम्पनीमा २ सय २० जना कर्मचारी छन् । सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमा आवद्ध भएर १६ हजार एजेन्टहरु कम्पनीको ब्राण्ड एम्बासडरका रुपमा निरन्तर खटिईरहेका छन् । ‘हामीले अहिलेसम्म ब्राण्ड एम्बासडर राखेका छैनौं, हाम्रा कर्मचारी र एजेन्टहरु नै हाम्रा लागि ब्राण्ड एम्बासडर हुन्, उनीहरुकै माध्यमबाट कम्पनीलाई नै ब्राण्ड बनाउने हो’, सिइओ पराजुलीले कर्पाेरेट नेपालसँग भने । 

स्थिर तर दिगो उन्नति(ग्रोथ)को योजनामा अघि बढेको कम्पनीलाई तत्कालिन तडक भडकमा कुनै रुची नरहेको बताउँछन् सिइओ पराजुली । ‘म त मर्चेन्ट बैंकिङको क्षेत्रबाट आएको हुँ, यो मेरो लाागि नयाँ क्षेत्र हो, हतारमा होइन, सुविचारित ढंगले कम्पनीलााई अघि बढाउनुपर्छ भन्ने सोँचसहित काम गरिरहेको छु’, पराजुलीले भने । आफ्ना केहि भिन्न प्रकृतिका बिशेषतासहितका बीमा पोलिसी, उर्जाशिल कर्मचारी र विश्वसनिय अभिकर्ताहरु तयार पारेर बजारीकरणमा अघि बढिरहेको उनी बताउँछन् ।  

व्यवसायीक छविसहितको सञ्चालक समिति, सुशासनमा प्रतिवद्ध व्यवस्थापन समुहको नेतृत्वमा ‘उम्दा जीवन बीमा कम्पनी’ बनाउने बताउँछन् पराजुली । ‘व्यक्ति भनेको क्षणिक कुरा हो, को कति बेला कहाँ हुन्छ थाहा हुन्न तर बलियो संस्था निर्माण गरियो भने त्यो नै दिगो हुन्छ’, पराजुलीले भने । लक डाउन अवधीका केहि दिन वर्क फ्रम होमबाट सेवा दिएको कम्पनीले केहि दिनदेखि नै आफ्ना नियमित सेवा उपलब्ध गराएको थियो । डिजिटलाइजेशनलाई उच्च प्राथमिकता दिएको कम्पनीले आइटी सुरक्षामा पनि बिशेष ध्यान दिएको छ ।
कति नम्बरको कम्पनी बन्ने भन्ने दौडमा नरहेको तर जीवन बीमा सम्झदाँ एक पटक रिलायन्सको नाम याद आउने अवस्था बनाउन लागिपरेको पनि पराजुलीले बताए । 
 

Advertisement

Advertisement

Advertisement