शेयर बजार ४२.७८ अंकले घट्यो, यी हुन् सबैभन्दा बढी कारोबार गर्ने १० कम्पनी

Advertisement

काठमाडौँ । साताको पहिलो दिन आज शेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार शेयर बजार ४२.७८ अंकले घटेको हो । २.९७ प्रतिशतले घट्दा परिसूचक १३९६.२८ अंकमा झरेको छ । 

आज १८९ कम्पनीका ४६ लाख ६१ हजार ६ सय ८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८४ करोड १२ लाख ४२ हजार ३ सय ३२ रुपियाँ बराबरको कारोबार भएको छ । आज सबै समूह राताम्मे भए । 
शेयर बजारमा पहिरो गएको दिन आज नेपाल पुनर्बीमा कम्पनीको शेयर सबैभन्दा बढी किनबेच भएको छ । नेपाल पुनर्बीमाको २२ करोड ६५ लाख १७ हजार ७५ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 

Advertisement

त्यसैगरी सबैभन्दा बढी शेयर किनबेच भएका दश कम्पनीहरुमा ९ वटा बैंक तथा वित्तीय संस्था रहेका छन् । 

सबैभन्दा बढी कारोबार गर्ने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख ८२ हजार ५ सय ४३ रुपियाँ, एनएमबि बैंकको ८ करोड ४१ लाख ७२ हजार ८ सय ६५ रुपियाँ, हिमालयन डिस्ट्रिलरीको ७ करोड ३५ लाख १२ हजार २ सय ५६ रुपियाँ, एनआईसी एशिया बैंकको ६ करोड ९९ लाख २६ हजार ३ सय ५० रुपियाँ, शिखर इन्स्योरेन्सको ६ करोड ४१ लाख ४ हजार १ सय ५६ रुपियाँ, नबिल बैंकको ५ करोड २६ लाख ४४ हजार ३ सय १ रुपियाँ, एनसीसी बैंकको ४ करोड ३७ लाख ८९ हजार २ सय ८० रुपियाँ, एनआईसी एशिया लघुवित्तको ४ करोड ११ लाख १६ हजार १ सय ६२ रुपियाँ र नेपाल बैंक लिमिटेडको ३ करोड २३ लाख ५४ हजार १ सय २५ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement