भारतीय गृहमन्त्रीलाई कोरोना, उत्तर प्रदेशकी मन्त्रीको मृत्यु

Advertisement

काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भएको छ । बीबीसी हिन्दीका अनुसार शाह आफैंले आइतबार आफुलाई कोरोना लागेको पुष्टि गरेका हुन् । उनले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको जानकारी पनि दिएका छन् । 

तामिल नाडु राज्यका राज्यपाल वनवरी लाल पुरोहितलाई पनि कोरोना संक्रमण पुष्ठि भएको छ । भारतीय जनता पार्टीका उत्तर प्रदेश अध्यक्ष स्वतन्त्र देव सिंहलाई पनि कोरोना लागेको छ । उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणजीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । 

भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ७ सय ३६ जना  नयाँ संक्रमित फेला परेका छन् । भारतमा १७ लाख ५० हजार ७ सय २४ भन्दा बढी कोरोना संक्रमित भैसकेका छन् । तिमध्ये ११ लाख ४५ हजार भन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् । तर हालसम्म ३७ हजार ३ सय ६४ जनाले ज्यान गुमाईसकेका छन् । 

Advertisement

Advertisement

Advertisement