प्रचण्डलाई बाबुरामको सुझाव- भोलि ओलीका चरणमा धूपबत्ती गर्ने हो कि ?

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पानीआन्द्रे हर्कत देख्दा उनी जनयुद्धकै नायक हुन त ? शंका लाग्यो भनेका छन् । 

ओलीले हाकाहाकी आईएम द पार्टी भन्दा पनि प्रचण्ड केही गर्न नसकी निरीह भएको भन्दै बाबुरामले आलोचना गरेका हु्न । सामाजिक सञ्जालमा उनले टिप्पणी गरेका छन्, ‘पद स्वेच्छाले छाडेर निकास दिन आग्रह’ रे ! भोलि ओलीका चरणमा धूपबत्ती गर्ने हो कि ? ओली बरू आफ्नो निरंकुश/फासिष्ट सोच/अडानमा दृढ देखिए ! लुइ चौधौंले आईएम द स्टेट भने झैं ओली हाकाहाकी आईएम द पार्टी भनिरहेछन्। तर प्रचण्डको पानीआन्द्रे हर्कत देख्दा यी जनयुद्धकै नायक हुन् तरुशंकै लाग्यो !

Advertisement

आइतबारको वार्तामा प्रचण्डले ओलीलाई स्वेच्छाले निकास दिन आग्रह गरेको तर ओलीले अस्वीकार गरेका समाचार आएपछि बाबुरामको प्रचण्डलक्षित कडा टिप्पणी आएको हो । 


Advertisement

Advertisement