खानेपानी मन्त्रीले सम्पन्न भइसक्यो भनेको मेलम्चीमा अझै ७ प्रतिशत काम बाँकी

Advertisement

काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले निर्माण सम्पन्न भइसक्यो भनेको मेलम्ची खानेपानी आयोजनामा अझै ७ प्रतिशत काम बाँकी रहेको उनले नेतृत्व गरेका मन्त्रालयका अधिकारीले स्वीकार गरेका छन् । 

खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायले आव २०७६–७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठकमा मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९२.८८ प्रतिशत रहेको सो अवसरमा जानकारी दिइएको हो । 

Advertisement

मन्त्री मगरले आयोजनाको काम सम्पन्न भइसकेको र परीक्षण सम्पन्न गरेर साउनबाट काठमाडौंवासीलाई पानी वितरण सुरु गर्ने बताएकी थिइन् । मेलम्चीको समग्र हेडवक्र्सको काम ७० प्रतिशत सकिएको, गत आवको अवधिमा सबै अडिट तथा सुन्दरीजल पोर्टलमा गरी छ वटा गेट जडानको कार्य सम्पन्न भएको र सुन्दरीजल पोर्टलबाट पानी प्रशोधन केन्द्रसम्मको वितरण पाइप तथा वाग्मती नदीसम्मको वास आउट पाइप जडान कार्य सम्पन्न भएको आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए ।

बैठकमा मन्त्री मगरले गएको आर्थिक बर्षमा मन्त्रालयले महत्वपूर्ण उपलब्धी हासिल गरेको दावी गरिन् । उनले चालु आर्थिक बर्ष चुनौती र अवसरको बर्ष हुने बताइन् ।  

Advertisement

Advertisement