कृतिम अभाव र मूल्यवृद्धिपछि बाणिज्य विभागको बजार अनुगमन, केही परे कारवाहीमा

Advertisement

काठमाडौं । बाणिज्य विभागले बजार अनुगमन गर्ने क्रममा सोमबार कालिपाटी क्षेत्रका दुई खाद्य गोदामहरुमा सिल गरेको छ । चिनीको लुकाएर कालाबजारी गरेको आरोपमा ती दुई गोदाममा सिल गरिएको जनाएको छ । 

कालीमाटीको एएसएस मार्केटिङमा छापा मार्दा चिनी खरिद बिक्रीको विवरण नमिलेको भेटिएको छ भने अर्को एक गोदाममा छापा मार्दा प्रशस्त्र मात्रामा चिनी लुकाएर राखेको भेटिएको हो । बजारमा कृतिम अभाव सिर्जना गर्न उनीहरुले चिनी लुकाएर राखेको विभागको अनुमान छ । 

Advertisement

बजारमा चिनीको अभाव देखिनुका साथै तरकारी र खाद्यान्नको मूल्य ह्वात्तै बढेपछि विभागले अनुगमनलाई बढाएको हो । विभागका एक अधिकृत सागर मिश्रका अनुसार दुवै गोदममाथि आवश्यक छानविन गरी दोषी पाइए कारवाही गरिने छ । 

बजार अनुगमनकै क्रममा कालीमाटी तरकारी तथा फलफूल बजारमा मूल्यसूची नराख्ने दुई वटा तरकारी पसललाई पाँच पाँच हजार जरिवाना गरिनुका साथै व्यवसायीक आचरण पालना नगर्ने दुई वटा पसललाई सचेत गराइएको छ ।

Advertisement

Advertisement