विरोध हुँदाहुँदै लगानी बोर्डमा विवादास्पद व्यक्तिलाई नियुक्ती

Advertisement

काठमाडौं । सरकारले विवाद र आलोचनाका बीच लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्टलाई नियुक्त गरेको छ । 

यसअघि राष्ट्रिय योजना आयोगका सदस्य रहेका भट्टलाई बोर्डको सीईओ बनाइएको हो । जलविद्युतको विदेशी एजेन्टको रुपमा रहेका र राजनीतिक विचौलियाको रुपमा काम गर्दै आएका भट्टलाई लगानी बोर्डजस्तो महत्वपूर्ण ठाउँमा नियुक्त गर्न नहुने भन्दै विरोध हुँदाहुँदै मन्त्रिपरिषदले उनलाई नियुक्त गरेको हो । 

Advertisement

सबै प्रमुख दलका शीर्ष नेताहरुसँग राम्रो पहुँच बनाउन सफल भएका सुशील भट्ट र उनका भाई दीपक भट्टले ठेक्का लिएका दर्जनौं आयोजनाहरुमा भ्रष्टाचार र बेथितिका समस्याहरु देखिएका थिए । उनलाई पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा योजना आयोगको सदस्य बनाइएको थियो । काँग्रेस नेता शेरबहादुर देउवादेखि प्रचण्ड, केपी ओली, वामदेव गौतमसम्म राम्रो सम्वन्ध कायम राख्दै आएका भट्ट निकै प्रभावशाली व्यक्तिको रुपमा चिनिन्छन् । 

लगानी बोर्डको सीईओमा अर्थमन्त्री युवराज खतिवडाले रामकृष्ण खतिवडालाई बनाउने प्रयास गरे पनि ठूला नेताहरुको दबाबपछि भट्टलाई नियुक्ति गरिएको हो । नियुक्तिका लागि भट्ट, खतिवडा र डा. सरोज कोइराला तीन जनाको नाम मन्त्रिपरिषदमा पेश गरिएको थियो । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा विद्यावारिधि गर्ने कोइराला यसअघि पनि तीन जनामा सिफारिस भएका थिए । तर, सरकारले महाप्रसाद अधिकारीलाई सीईओ नियुक्त गरेको थियो । 
 

Advertisement

Advertisement