काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत छाडेका मनोज ज्ञवाली नविल बैंकको डेपुटी जनरल मेनेजर(डीजीएम) नियुक्त भएका छन् । उनले आजै कार्यभार सम्हाल्दैछन् ।
‘म जिम्मेवारी सम्हाल्न बैंक जाँदैछु’, नव नियुक्त डीजीएम ज्ञवालीले कर्पाेरेट नेपालसँग भने । चाटर्ड एकाउन्टेन्ट रहेका ज्ञवालीले ज्योति विकास बैंक अघि ग्लोबल आइएमई बैंकमा पनि काम गरेका थिए ।