कोरोना अपडेटः मृत्यु हुनेको संख्या सात लाख नाघ्यो, एक करोड ८७ लाख संक्रमित

Advertisement

जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख ४ हजार ४३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले बुधबार जानकारी दिएको छ । सो संगठनका अनुसार बुधबारसम्म विश्वभरीमा एक करोड ८७ लाख ९ हजार १६१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । 

सङ्क्रमितमध्ये हालसम्म एक करोड १९ लाख २६ हजार २२४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७८ हजार ४९९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार ३३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

Advertisement

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४९ लाख १८ हजार ४२० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा एक लाख ६० हजार २०९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ४३ लाख ६९ हजार ८४५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ५० हजार ६४७ जनाको मृत्यु भएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

उत्तर अमेरिकामा ५७ लाख ८२ हजार ४९९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख २५ हजार ४५० जनाको मृत्यु भएको छ । युरोपमा २९ लाख ४३ हजार ५३२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख चार हजार ४७२ को मृत्यु भएको छ । 

एसिया ४६ लाख ८ हजार ८०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख २ हजार ४३९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा नौ लाख ८२ हजार २१९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २१ हजार १४३ जनाको मृत्यु भएको छ ।  ओसियानामा २१ हजार २४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २७२ जनाको मृत्यु भएको छ । रासस/एएफपी

Advertisement

Advertisement