सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा आरम्भ, सर्बसाधारणको ५० प्रतिशत शुल्क सरकारले व्यहोर्ने

Advertisement

काठमाडौँ । सरकारले आजबाट राष्ट्रसेवक कर्मचारीहरुको निःशुल्क कोरोना बीमा गर्न सुरु गरेको छ । बीमा समितिमा कर्मचारीहरुलाई कोरोना बीमाको पोलिसी हस्तान्तरण गरी कार्यक्रम आरम्भ गरिएको हो । 

सरकारले यसवर्षको बजेट मार्फत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको एकलाख बराबरको कोरोना बीमा गरिदिने बताएको थियो । निजामति कर्मचारी, नेपाली सेना र प्रहरी लगायतको निःशुल्क कोरो बीमा सम्बन्धी कार्यबिधि तयार भएपछि बीमा प्रक्रिया शुरु गरिएको बीमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईँले बताए ।  

Advertisement

बीमा समितिमा आज आयोजित कार्यक्रममा अध्यक्ष चापागाईँले आजबाट बिक्री गरिने कोरोना बीमाको शुल्क सर्बसाधारणको हकमा ५० प्रतिशत सरकारले व्यहोर्ने समेत बताए । ‘विदेशबाट आएकाहरुको भने ३० दिन पछि मात्र कोरोना बीमा गरिन्छ’–अध्यक्ष चापागाईँले भने । विदेश नगएको र स्वदेशमै बस्दै आएको भन्ने व्यहोरा स्थानीय तहले सिफारिश गर्नु पर्ने उनले बताए । 

परिवारको बीमा गराउँदा मात्र ५० प्रतिशत अनुदान पाइन्छ । अब हुने कोरोना बीमा आगामी असार मसान्तसम्म मात्रै लागु हुने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । 
हालसम्म ६ लाख १५ हजार जनाको कोरोना बीमा गरिएको र ३५ जनाको दाबी परेको बीमा समितिले जनाएको छ । 
 

कोरोना बीमा सम्बन्धी पोलिसी हेर्न यहाँ क्लिक गर्नुहोस्

बीमा समितिका अध्यक्षले पोलिसी खरिद गरी शुभारम्भ गरे ‘कोरोना बीमा’

३ सयमै ५० हजार रुपियाँको कोरोना बीमा गर्न बीमा समितिको निर्देशन

Advertisement

Advertisement