शेयर बजार २१.६१ अंकले घट्यो, १ अर्ब २३ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमाको सबैभन्दा बढी किनबेच

Advertisement

काठमाडौँ । शेयर बजार घट्ने बढ्ने क्रम चलिरहेको छ । साताको पहिलो दिन ४२.७८ अंकले घटेको बजार दोश्रो दिन सोमबार सम्हालिएर ७.५९ अंकले बढे पनि आज पुनः २१.६१ अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज १.५४ प्रतिशतले बढ्दा परिसूचक १३८२.५१ अंकमा झरेको छ । १८६ कम्पनीको ३४ लाख ४७ हजार ७ सय ६५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २३ करोड ३९ लाख ६३ हजार ९ सय ३४ रुपियाँको कारोबार भएको छ ।

Advertisement

आज सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको १३ करोड ६१ लाख १९ हजार ९ सय ७ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement