गल्फ लुब्रिकेन्ट अब मक्लरेन रेसिङ र मक्लरेन अटोमोटिभको ‘अफिसियल पार्टनर’

Advertisement

काठमाडौँ । गल्फ लुब्रिकेन्ट अब मक्लरेन रेसिङ र मक्रलेरन अटोमोटिभको ‘अफिसियल पार्टनर’ भएको घोषणा गरिएको छ । 

यो रणनीतिक साझेदारीले विश्वस्तरीय इन्डष्ट्रि एक्सपर्टिज, उच्चस्तरीय उत्पादन तथा समान, अत्याधुनिक प्रविधि सबैलाई एकै ठाउँमा ल्याएको छ । जसले विजयी फर्मुलालाई परिस्किृत गर्ने अपेक्षा हामीले लिएका छौं । ३१ जुलाईबाट सुरु भएको ब्रिटिश ग्य्रान्ड प्रिक्स देखि गल्फ, मक्लेरन रेसिङ र मक्लरेन अटोमोटिभको साझेदारी सबै प्रचार सामग्रीमा प्रयोग गर्न थालिएको छ । 

Advertisement

गल्फ नेपालको लोक प्रिय लुब्रिकेन्ट ब्रान्ड हो । नेपाल ल्युब आयल लिमिटेड नेपालका लागि गल्फ लुब्रिकेन्टको आधिकारिक उत्पादक एवम् विक्रेता हो । मक्लरेनसँगको साझेदारीले नेपालमा समेत गल्फ ब्रान्ड र यसका उत्पादनलाई उत्कृष्टताको नयाँ उचाइमा पुर्याउने कम्पनीले दाबी गरेको छ । 

Advertisement

Advertisement