लर्डबुद्धमा पढ्ने विधार्थीले लायन्स क्लबबाट ८ लाख ६५ हजार रुपियाँको छात्रबृत्ति पाउने

Advertisement

काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउण्डेसन र लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी१ बीच शैक्षिक सहकार्यको लागी सम्झौता भएको छ । 

सम्झौता अनुसार लर्ड बुद्ध  एजुकेसन फाउण्डेसनमा सञ्चालित शैक्षिक कार्यक्रमहरु ‘बी.एस्सी.आइटी’, ‘बीबीएमईबीजनेश’, ‘एमबीए’ र ‘एम.एस्सी.आइटी’ मा प्रत्येक कार्यक्रमहरुमा हरेक वर्ष एक जना गरीब तथा जेहेनदार विद्यार्थीले ट्यूशन फीमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सक्नेछन । लर्ड बुद्धले प्रदान गर्ने यो छात्रवृत्ति रु ८,६५,००० बराबरको रहेको छ । विद्यार्थीहरुको छनौट लायन्स क्लब अफ नेपाल डिष्ट्कि ३२५ बी१ गर्नेछ । 

Advertisement

सम्झौता पत्रमा लायन्स क्लब अफ नेपालका तर्फबाट डिस्ट्रिक गभर्नर मनबहादुर रोका र फाउण्डेसनका तर्फबाट अध्यक्ष जालानले हस्ताक्षर गरेका छन् । यसको साथै लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी१ अन्तरगत रहेका क्लबका सदस्यहरु र उनका परिवारले लर्ड बुद्धमा अध्ययन गर्न चाहेमा ट्यूशन फीमा २५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।


 

Advertisement

Advertisement