उद्योग व्यवसायलाई सामान्य अवस्थामा फर्कन करीब ९ महिना लाग्छः राष्ट्र बैंक

Advertisement

काठमाडौँ । उद्योग व्यवसायहरुलाई लकडाउनपछि सामान्य अवस्थामा फर्कन औसतमा करीब ९ महिना लाग्ने देखिएको छ । 

कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी आज नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले प्रकाशित गरेको सर्वेक्षण प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । 

Advertisement

बन्दाबन्दी रहिरहे उद्योग/व्यवसायहरुले आफ्नो उद्योग/व्यवसायलाई लामो समय निरन्तरता दिन नसक्नेदेखिएको प्रतिवेदनमा उल्लेख छ । 

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा संलग्न ३९ प्रतिशत उद्योग/व्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत उद्योग/व्यवसायहरु पूर्णरुपमा बन्द रहेका पाइएका छन् । यसबीचमा सर्वेक्षणमा संलग्न उद्योग/व्यवसायले झण्डै एक चौथाइ कर्मचारी/कामदार कटौती गरेको पाइएको छ । यसरी कटौती हुने मध्ये अस्थायी/करारका कामदार दुई तिहाइभन्दा धेरै रहेका छन् । 

सोही अवधिमा उद्योग/व्यवसायहरुले औसतमा १८.२ प्रतिशतले तलब कटौती गरेको पाइएको छ । बन्दाबन्दी अवधिमा ९६.७ प्रतिशत उद्योग/व्यवसायहरुको उत्पादन/कारोबार ७३.८० प्रतिशतले घटेको पाइएको राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ । 

५२ जिल्लाका ६७४उद्योगी/व्यवसायीहरु २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म सर्वेक्षणमा सहभागी भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । 

Advertisement

Advertisement