बैंकको शाखाभित्र कर्मचारीद्धारा बिष सेवन, उपचारका क्रममा मृत्यु

Advertisement

मोरङ । सनराइज बैंकको विराटनगर–७ स्थित शाखामा कार्यरत एक महिला कर्मचारीले बुधबार बिष सेवन गरी आत्महत्या गरेकी छन् । 

विराटनगर–८ मा घर भएकी बैंकको कर्जा शाखामा कार्यरत ३० वर्षीया सनाज खतिवडाले मुसा मार्ने विष सेवन गरी आत्महत्या गरेको सनराइज बैंकले स्वीकार गरेको छ । 

Advertisement

उनले ‘लुवान’ नामक विषादी औषधि सेवन गरेको अवस्थामा आफ्नो कार्यकक्षमा भेटिएको हो । बेहोस अवस्थामा भेटिएकी खतिवडालाई स्थानीय नोबेल अस्पतालमा उपचारका लागि लगिए पनि बचाउन  नसकिएको प्रहरीको भनाई छ । 

बैंकको केन्द्रीय कार्यालयमा जनसम्पर्क हेर्ने रविन्द्र अधिकारी र सुमन थापाले खतिवडाले शाखाभित्र बिष सेवन गरे पनि बैंकको कारण नभई पारिवारिक कारण भएको प्रहरी प्रारम्भिक अनुसन्धानबाट देखिएको र स्वीसाइड नोट पनि भेटिएको बताएका छन् । 
 
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार विषादी सेवनपछि बेहोस भएकी खतिवडालाई बैंकका कर्मचारीहरूले अस्पताल पुर्‍याएका थिए । घटनास्थलबाट लुवान नामक विषादी र ब्लेड पनि बरामद गरेको प्रहरीको भनाई छ । सीसीटीभी फुटेज मगाएर घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

बैंकका कर्मचारी थापाका अनुसार आत्महत्या गर्ने खतिवडा एक बर्षअघि बैंकमा प्रवेश गरेको केही समयदेखि डिप्रेसनमा पनि रहेको शाखाका कर्मचारीहरुको भनाई उदृत गर्दै जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा लगिएको जनाइएको छ । 

Advertisement

Advertisement