लकडाउनले गर्दा उद्योग व्यवसायमा काम गर्ने एक चौथाई कर्मचारीको जागिर गयो

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारी र यसलाई नियन्त्रण गर्ने क्रममा लगाइएको लकडाउनका कारण उद्योग व्यवसायमा काम गर्ने एक चौथाई कर्मचारी एवं कामदारको जागिर गएको छ । 

राष्ट्र बैंकले मुलुकभर गरेको सर्वेक्षणका क्रममा उद्योग व्यवसायले झण्डै एक चौथाई कर्मचारी कटौती गरेको पाइएको हो । यसरी कटौती गरिएकाहरुमा अस्थायी र करारमा काम गर्नेहरुको संख्या दुईतिहाई भन्दा बढि छ । 

Advertisement

लकडाउनका क्रममा ६१ प्रतिशत उद्योग व्यवसाय पूर्ण वा आंशिकरुपमा बन्द भएको र ३९ प्रतिशत मात्रै आंशिक वा पूर्णरुपमा सञ्चालन भएको पाइएको छ । यस अवधिमा यस्ता उद्योग व्यवसायले औषतमा १८ दशमलव दुई प्रतिशतले तलब कटौती गरेको पाइएको छ । 

लकडाउनमा ९६ दशमलव सात प्रतिशत उद्योग व्यवसायको उत्पादन तथा कारोबार ७३ दशमलव ८० प्रतिशतले घटेको सर्वेक्षणका क्रममा पाइएको राष्ट्र बैंकले जनाएको छ । 
 

Advertisement

Advertisement