एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा माग भन्दा ५.२४ गुणा बढी आवेदन

काठमाडौँ । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आइपीओमा माग भन्दा ५.२४ गुणा बढी आवेदन परेको छ । 

साउन १६ गतेदेखि २१ गतेसम्मका लागि आईपीओ खुला गरिएकोमा ४ लाख २८ हजार १ सय ५३ जना आवेदकले १ करोड  ६५ लाख ६७ हजार ६०० कित्ताका लागि आवेदन दिएका हुन् ।  

धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कुल १ अर्ब ६५ करोड ६७ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन परेको हो । 

प्रति कित्ता १०० रुपैयाँ दरले ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ शुक्रबारदेखि खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सक्ने प्रावधान थियो । 

तलको लिंकमा पनि क्लिक गर्नुहोस्

एनआरएन इन्फ्रास्टक्चरको आईपीओ आजदेखि, कहिलेसम्म भर्न पाइन्छ ?