सुनको मूल्य लगातार उकालो, आज पनि प्रतितोला ११ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौँ । सुनचाँदीको मूल्य लगातार उकालो लागि रहेको छ । आजपनि सुनको मूल्य प्रतितोला ११ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला ५० रुपियाँ बढेको छ । हिजो पनि अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला ६५ रुपियाँ बढेको थियो ।     

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपियाँ र चाँदी प्रतितोला एक हजार ३ सय ४५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने छापावाल सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपियाँ, तेजावी सुन प्रतितोला १ लाख ९ सय रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ९५ रुपियाँमा कारोबार भएको थियो । 

Advertisement

किन बढ्दैछ सुनको मूल्य ?
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताए । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए । दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोबार भने ठप्प भएको छ । 

Advertisement

Advertisement