पूँजीबजार क्षेत्रमा लापरवाही गर्नेहरुलाई दण्डित गरः लगानीकर्ता संघ

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)को अनलाइन प्रणालीमा हिजो देखिएको समस्याप्रति शेयर लगानीकर्ता संघ नेपालमा गम्भीर ध्यानाकर्षण जनाएको छ । संघका अध्यक्ष उत्तम अर्यालले विज्ञप्ति प्रकाशित गरी ध्यानाकर्षण भएको जनाएका हुन् । 

अनलाईन प्रणालीमा देखिएको समस्याका कारण नियमित समयभन्दा ४५ मिनेट पनि कारोबार शुरु हुनु, त्यसमा पनि नेप्सेको वेबसाइट र टीएमएसमा फरकफरक इण्डेक्स देखिनु तथा कुनैमा घटेको र कुनैमा बढेको देखिनै हदैसम्मको लापरवाही भएको संघले ठहर गरेको छ । 

Advertisement

दैनिक शेयर कारोबार सञ्चालन गर्ने जिम्मेवारी पाएको नेप्सेले बारम्बार आइरहने समस्याहरुमा जिम्मेवार हुँदै दीर्घकालीन समस्या समाधानमा संबेदनशील भएर लाग्नु पर्ने संघले विज्ञप्ति मार्फत उल्लेख गरेको छ । पूँजीबजार जस्तो संवेदनशील क्षेत्रमा लापरवाही गर्नेहरुलाई दण्डित गरिनु पर्ने र नेपाल धितोपत्र बोर्डबाट छानबीन हुनु पर्ने संघले माग गरेको छ । 

Advertisement

Advertisement