कृषि विकास बैंक र मलारानी गाउँ पालिकाबीच सहुलियतपूर्ण कर्जा लगानीको लागि सम्झौता

Advertisement

काठमाडौँ । कृषि बिकास बैंक शाखा कार्यालय सन्धिखर्क र अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाबीच गाउँपालिका क्षेत्रका बासिन्दाहरुमा उद्यमशिलताको बिकास गरी स्वरोजगारका अवसरहरु सिर्जना गर्नको लागि सम्झौता भएको छ । 

कोभिड–१९ को महामारीको कारणबाट आक्रान्त बनेको अर्थतन्त्रलाई उकास्नको लागि स्थानिय निकायको अहम् भूमिका देखिने र देश तथा बिदेशबाट फर्किएका उर्जाशील बेरोजगार युवाहरुमा उद्यमशिलताको बिकास गरी स्वरोजगारका अवसरहरु सिर्जना गर्नको लागि बैंकले प्रस्ताव पत्र पेश गरेकोमा गाउँपालिकाले स्वीकार गरेर स्वरोजगार कार्यक्रम संचालन कार्यविधि २०७७ समेत पारित गरी कार्यक्रमको लागि अग्रसरता देखाएको थियो ।

Advertisement

मालारानी गाउँपालिका क्षेत्रका कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, बिदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायीक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण एवम् प्रवर्धन गरी उद्यमशीलता विकास गर्न, वित्तीय पहुँच तथा साक्षरता विस्तार गर्दै कृषि बिकास बैंक लिमिटेड र मालारानी गाउँपालिकाको सहमति र सहकार्यमा यस क्षेत्रको आर्थिक विकासमा महत्वपुर्ण योगदान पु¥याउनु सम्झौता तथा सहमती पत्रको मुख्य उद्देश्य रहेको छ । 

सम्झौता अनुसार बैंकले गाउँपालिकाका स्थानीय बासिन्दाहरुलाई बिभिन्न ५ प्रकारका सहुलियतपूर्ण कर्जा बिना धितो प्रदान गर्ने छ । व्यवसायिक कृषि तथा पशुपंछी कर्जा अन्तर्गत रु. १० लाख सम्म, शिक्षित युवा स्वरोजगार कर्जा रु. ७ लाख सम्म, बिदेशबाट फर्केका युवा परियोजना कर्जा रु १० लाख सम्म, महिला उद्यमशिलता कर्जा रु. १० लाख सम्म र दलित समुदाय व्यवसाय बिकास कर्जा रु. १० लाख सम्म गाउंपालिकाको सिफारिस र परियोजनाको सम्भाव्यताको आधारमा कर्जा लगानी गर्नेछ । उपरोक्त बमोजिमका कर्जाहरुमा महिला उद्यमशिलताको हकमा हाल ३ प्रतिशत व्याज र अन्य कर्जाको हकमा ४ प्रतिशत व्याजदर ग्राहकले तिर्नुपर्ने हुन्छ । 

उक्त कार्यक्रममा कृषि विकास बैैंक ५ न. प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापा, गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य मालारानी गाउँपालिकाका सम्पूर्ण कार्यपालिका सदस्यहरु, प्रमुख प्रसाशकिय अधिकृत लगायत पालिकाका सम्पूर्ण कर्मचारीहरु, बुद्धिजिविहरु, बैंकका कर्मचारीहरु लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 

Advertisement

Advertisement