झिनो अंकले घट्यो शेयर बजार, बढी कारोबार गर्ने १० कम्पनीमा बैंक, बीमा र लघुवित्त

Advertisement

काठमाडौँ । साताको अन्तिम दिन आज शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज शेयर बजार १.२९ अंकले घटेको हो । ०.०९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १३८१.३७ अंकमा झरेको छ । 

नेप्सेका अनुसार आज १८६ कम्पनीका २३ लाख ४१ हनार ७ सय ४६ कित्ता शेयर किनबेच हुँदा ९२ करोड ९ लाख ९७ हजार ५६ रुपियाँ बराबरको कारोबार भएको छ । 

Advertisement

आज होटल, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादनमूलक र जीवन बीमा समूहमा हरियाली छायो भने बाँकी समूह राताम्मे भए । 

आज बढी शेयर कारोबार हुने दश कम्पनीमा बैंक, लघुवित्त र बीमा कम्पनीले स्थान लिए । आजपनि सबै भन्दा बढी शेयर कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी रह्यो भने बढी कारोबार हुने १० कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया बैंक, एनएमबि बैंक, आरम्भ चौतारी लघुवित्त, एनआईसी एशिया लघुवित्त, शिखर इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, मेगा बैंक र ग्लोबल आईएमई बैंक रहे ।

३ दिन घट्यो, १ दिनमात्रै बढ्यो   
साताको पहिलो दिन आइतबार ४२.७८ अंकले घटेको बजार दोश्रो दिन सोमबार सम्हालिएर ७.५९ अंकले बढेको थियो । मंगलबार गाईजात्रा पर्वका कारण बजार बन्द भयो भने हिजो बुधबार पुनः बजार २१.६१ अंकले घटेको थियो । साताको अन्तिम दिन आजपनि बजार १.२९ अंकले घटेको हो ।  

Advertisement

Advertisement