उद्योग बाणिज्य महासंघको निर्वाचनको ढाँचा र प्रक्रियाबारे सुझाव दिन समिति गठन

Advertisement

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी समितिले अवरुद्ध आफ्नो निर्वाचनको ढाँचा र प्रक्रिया तयार गर्न समिति बनाएको छ । 

कार्यकारिणी समितिको बिहीबारको बैठकले जिल्ला, वस्तुगत र एशोसिएट क्षेत्रका कार्यकारिणी समितिका सदस्यहरु डिबी बस्नेत, अरुणराज सुमार्गी, सुनिलगोपाल श्रेष्ठ, विनोद ढकाल, रञ्जित आचार्य, भरतराज आचार्य सम्मिलित समिति गठन गरेको हो । 

Advertisement

उक्त समितिले महासंघको वार्षिक साधारणसभा तथा निर्वाचन गर्ने सम्बन्धमा सम्वद्ध पक्षहरुसँग छलफल गरी प्रतिवेदन पेश गर्नेछ । सोही प्रतिवेदनका आधारमा कार्यकार्यकारिणी समितिले सभा र निर्वाचनबारे आवश्यक निर्णय गर्ने महासंघले जनाएको छ । 

सरकारले अनुमति दिन ढिलाई गरेपछि गत साउन ८ गते महासंघको पदाधिकारी बैठकले साउन २६ र २७ गतेलाई तोकिएको साधारणसभा र निर्वाचन प्रक्रिया दोस्रो पटक स्थगित गरेको थियो । सरकारले सभा सम्मेलन गर्न दिने निर्णय गरेको १५ दिनमा महासंघको सभा र निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति महासंघका दुई उपाध्यक्षहरु चन्द्र ढकाल र उमेशलाल श्रेष्ठले असहमति जनाएका थिए । उनीहरुले कार्यकारिणी समितिको बैठक माग गरेपछि आज बैठक बसेको हो । 
 

Advertisement

Advertisement