उद्योग बाणिज्य महासंघभित्र कोरोना छिर्यो

Advertisement

काठमाडौं । उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्य कृष्णप्रसाद श्रेष्ठलाई पनि कोरोना (कोभिड १९) संक्रमण देखिएको छ । व्यवसायी श्रेष्ठ नेपालगञ्जका हुन् । 

उनी कोभिड १९ व्यवस्थापनमा सक्रिय रहने क्रममा संक्रमित भएको महासंघका एक केन्द्रीय सदस्यले जानकारी दिएका हुन् । उनले महासंघभित्र पनि कोरोना छिरेको भन्दै सबै व्यवसायले स्वास्थ्य सजगता अपनाउनुपर्ने बताए । 

Advertisement

महासंघका अर्का केन्दीय सदस्य अन्जन श्रेष्ठले पनि कृष्णप्रसाद श्रेष्ठ कोभिड संक्रमित भएको बताउँदै उनको सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । नेपालगञ्जमै रहेका श्रेष्ठको स्वाब परीक्षण शुक्रबार पोजेटिभ आएको थियो ।

Advertisement

Advertisement