सिटिजन लाइफको नाफा २० करोड, ७५ करोडको आइपीओ यसैपाली

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले २० करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्ष २०७६।७७ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीले २० करोड रुपैयाँ नाफा आर्जन गरेको हो । कम्पनीले अघि आव २०७५।७६ को चौथो त्रैमासिकमा त्यस्तो नाफा १५ करोड ३६ लाख रुपैयाँ कमाएको थियो । 

सिटिजनले गत आवमा एक अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले हालसम्ममा ३ अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । कम्पनीले हालसम्म एक लाख २४ हजार ६ सय ८२ वटा बीमा लेखा जारी गरिसकेको छ । एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४९ करोड रुपैयाँ छ भने जीवन बीमा कोषमा एक अर्ब ६७ करोड रुपैयाँ रहेको छ । 

७५ करोडको आइपीओ यसै वर्ष
सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका अनुसार कम्पनीले चालु आर्थिक वर्षभित्रै ७५ करोड रुपैयाँ मूल्यको साधारण सेयर(आइपीओ) निष्काशन गर्दैछ । ‘कम्पनीको प्रगति सबै राम्रो छ, यसैपाली ७५ करोड रुपैयाँको आइपीओ ल्याउने गरि प्रक्रिया अघि बढाईसकेका छौं’, सिइओ पौडेलले कर्पाेरेट नेपालसँग भने । 
 

Advertisement

Advertisement

Advertisement