‘इनफ इज इनफ’ अभियन्ताले तोडे अनशन, सरकारसँग पुनः सम्झौता

Advertisement

काठमाडौँ । कोरोना नियन्त्रणमा प्रभावकरी काम हुन नसकेको भन्दै त्यसविरुद्ध सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियन्ता ईः ले आइतबार अनशन तोडेका छन् । उनले २३ दिनका दिन बिहान अनशन तोडेका हुन् । 

सरकारसँग पुनः ८ बुँदे सम्झौतापछि अनशन तोडिएको हो । मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा उपचार गरिरहेका ईः प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यसअघि पनि  ‘इनफ इज इनफ’ अभियान र स्वास्थ्य मन्त्रालयबीच सम्झौता भएको थियो । तर सरकारले उक्त सम्झौता पालना नगरेकाले सत्याग्रहमा बस्नुपरेको अभियानको भनाई छ । 

Advertisement

आमरण अनशनमा बसेकै बेलामा स्वास्थ्य बिग्रिएपछि ईःलाई १७ औं दिनमा अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै सत्याग्रह जारी राखेका उनलाई भेटन काँग्रेसका वरिष्ठ नेताहरुसमेत पुगेका थिए ।  ‘इनफ इज इनफ’ अभियान सशक्त बन्दै गएपछि नेताहरु भेट्न पुगेका हु्न । 

कोभिड १९ नियन्त्रण र रोकथाम प्रभावकारी हुनुपर्ने, पीसीआर टेष्ट बढाउनुपर्ने, स्वास्थ्य सामग्री खरीदमा भएका अनियमितताको छानबिन र दोषीलाई कारवाही हुनुपर्नेलगायतका माग राख्दै  ‘इनफ इज इनफ’ अभियान आन्दोलनमा उत्रिएको थियो । 

Advertisement

Advertisement