एनएलजी इन्स्योरेन्सद्वारा ७ प्रतिशत बोनस शेयर दिने घोषणा

Advertisement

काठमाडौँ । एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको शुक्रबार बसेको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजारको ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५ सय रुपियाँ बराबरको बोनस शेयर जारी गर्ने निर्णय गरेको हो । 

Advertisement

साथै प्रस्तावित बोनस शेयरमा लाग्ने कर रकमका लागि ०.३७ प्रतिशतका दरले ३७ लाख ७५ हजार २६ रुपियाँ नगद लाभांस दिने निर्णय भएको कम्पनी सचिव मनोज श्रेष्ठले जनाएका छन् । 
उक्त प्रस्तावित शेयर बीमा समितिबाट स्वीकृति प्राप्त भएपछि मात्र वितरण गरिने कम्पनी सचिव श्रेष्ठले बताए ।  

Advertisement

Advertisement