‘बुद्ध भारतीय’ भन्ने भारतीय विदेशमन्त्रीको भनाईको विरोधमा यसपटक काँग्रेस सबैभन्दा अगाडि

Advertisement

काठमाडौं । ‘बुद्ध महान भारतीय’ भन्ने भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्तिप्रति प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । यस पटक राष्ट्रियताको मुद्दामा विरोध जनाउनेमा काँग्रेस पहिलो नम्बरमा देखिएको छ । 

भारतीय दादागिरीको विरोध जनाउन जहिल्यै आनाकानी गर्ने काँग्रेसले यस मुद्दामा भने अग्रसर हुँदै विरोध जनाएको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुद्ध भारतीय भन्ने जयशंकरको अभिव्यक्तिमा आपत्ति जनाएका हुन् । 

Advertisement

उनले भगवान बुद्ध नेपालमा जन्मिएको र त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति आफूहरुको गम्भीर आपत्ति रहेको भन्दै उनले  आवेगको जवाफ आवेग दुवै देशको हितमा नभएको पनि बताएका छन् । 

भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा जयशंकरले बुद्ध महान् भारतीय भएको बताएका थिए ।

शर्माले प्रधानमन्त्री केपी ओलीले रामको जन्म नेपालको ठोरीमा भएको दोहोर्‍याएर बोलेको प्रसंगतिर संकेत गर्दै भनेका छन्, ुराम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन् । मूल विषय मोड्न सक्छन् । तर, दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् ।ु

Advertisement

Advertisement