नवकिरणसँग मर्जर प्रस्ताव पारित गर्न महुली लघुवित्तले डाक्यो विशेष साधारण सभा

Advertisement

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा भदौ ९ गते हुने भएको छ । हिजो भिडियो कन्फ्रेन्स मार्फत बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे संस्थाको केन्द्रीय कार्यालय महुली सप्तरीमा साधारण सभा गर्ने निर्णय गरेको हो । 

उक्त विशेष साधारण सभाले महुली लघुवित्त र नवकिरण लघुवित्त एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने कम्पनी सचिव सरोजकुमार सिंहले जनाएका छन् । 
साथै विशेष साधारण सभा प्रयोजनका लागि साउन ३२ गतेदेखि भदौ ९ गतेसम्म संस्थाको शेयर दाखिल खारेज बन्द गर्ने निर्णय पनि सञ्चालक समितिको बैठकले गरेको कम्पनी सचिव सिंहले जनाए । 

Advertisement

यसैबीच महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको यसअघि स्थगित सातौ वार्षिक साधारण सभा भदौ १३ गते हुने भएको छ । साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे संस्थाको केन्द्रीय कार्यालय थाहा नगरपालिका ९ चित्लाङमा साधारण सभा गर्ने निर्णय गरेको जनाइएको छ । 

उक्त साधारण सभाले संस्थाको हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत नगद लाभांस र १० प्रशित बोनस शेयर पारित गर्नेछ । संस्थाको हाल कायम चुक्ता पूँजी १२ करोड १० लाख रुयिाँ रहेको छ । बोनस शेयर जारी गरेपछि उक्त कम्पनीको चुक्ता पूँजी १३ करोड ३१ लाख रुपियाँ पुग्नेछ । 

साथै वित्तीय संस्थामा अरु लघुवित्त वित्तीय संस्था गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुुसार मर्जर र प्राप्ति समितिको गर्ने गर्ने र मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।  
 

Advertisement

Advertisement