शेयर बजार ११.३० अंकले बढ्यो, अजोड इन्स्योरेन्सको शेयर सबैभन्दा बढी किनबेच

Advertisement

काठमाडौँ । साताको पहिलो दिन आज शेयर बजार ११.३० अंकले बढेको छ । ०.८२ प्रतिशतले बढ्दा नेप्से परिसूचक १३९२.६८ अंकमा पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १८७ कम्पनीका ३२ लाख १२ हजार ३ सय ७९ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ७८ लाख ९५ हजार ५ सय २५ रुपियाँ बराबरको कारोबार भयो । 

Advertisement

आज होटल समूह मात्रै राताम्मे भयो, बाँकी सबै समूहमा हरियाली छाएको छ । 

बजार बढेको दिन आज अजोड इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा बढी किनबेच भएको छ । नेप्सेका अनुसार अजोडको ९ करोड २१ लाख ४१ हजार १ सय १६ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । त्यसैगरी आज बढी शेयर किनबेच हुने अन्य १० कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक लिमिटेड, एनआईसी एशिया लघुवित्त, एनएमबि बैंक, नबिल बैंक, रुरल माइक्रोफाइनान्स, एनआईसी एशिया बैंक र शिखर इन्स्योरेन्स रहे ।  

Advertisement

Advertisement