बैंकका कर्मचारीलाई 'आलोपालो प्रणाली' लागु गराउन राष्ट्र बैंकको निर्देशन

Advertisement

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोना संक्रमणको जोखिम व्यवस्थापन गर्न आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । 

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले आज सूचना प्रकाशित गरी यस्तो निर्देशन दिएको हो । 

Advertisement

राष्ट्र बैंकले बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोर÷बिजोर प्रणाली लगायतका विशेष परिस्थितिलाई मध्यनजर गरी ‘वर्क फ्रम होम’ व्यवस्था मिलाई कार्य सम्पादन गराउन सकिने उल्लेख गरेको छ । 

Advertisement

Advertisement