'बुद्ध नेपालमा जन्मिएको दुई हजार पाँचसय बर्ष पूरानो सत्यलाई कसैले परिवर्तन गर्न सक्दैन्’

Advertisement

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश र जनताको हितको जिम्मा लिएका दलका नेताहरु राम जन्मभूमिका विषयमा अल्झिएकोप्रति दुःख प्रकट गरेका छन् । आइतबार ट्वीट गर्दै पूर्वराजाले देश र जनताको जीवनको जिम्मा लिएका जिम्मेवार पक्षहरु आदिकालीन पात्रहरुमा अल्झिनुमा कुनै तुक नरहेको बताएका हुन् । 

ट्वीटमा भनिएको छ, ‘देश र जनताको जीवनको जिम्मा लिएका जिम्मेवार पक्षहरू आदिकालीन पात्रहरूमा अल्झिनुमा कुनै तुक छैन। केवल नागरिकमा भ्रम पैदा गरि सत्ताको आयु बढाउने खेल मात्र हो। को कसको हो भन्ने कुरा सबैलाई राम्ररी नै थाहा छ। केवल आत्मरतीका लागि रचिएका नाटकहरूको मूल्याङ्कन नागरिकले समयमा नै गर्लान् ।’

Advertisement

पूर्वराजाको आजैको अर्को ट्वीटमा भगवान गौतम बुद्धका बारेमा कसैले भ्रम छर्नु उनको अपमान मात्र हो भनेका छन् । बुद्ध महान भारतीय भन्ने भारतीय विदेशमन्त्री एस जयशंकरको भनाईको विरोध भइरहेको बेला पूर्वराजाले भनेका छन्, ‘विद्वत् वर्गले जानेर त्यो भूल कहिले गर्दैन। भगवान् बुद्ध नेपालमा नै जन्मिएका हुन् भन्ने कुरा सारा विश्वलाई सप्रमाण थाहा छ। दुई हजार पाँचसय वर्ष भन्दा पहिले नै स्थापित भएको सत्यलाई कसैले आज परिवर्तन गर्न सक्दैन।’
 

Advertisement

Advertisement