चार अर्बको खाद्यान्न किन्ने तयारीमा खाद्य कम्पनी

Advertisement

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालू वर्षमा चार अर्ब रुपियाँ बराबरको एक लाख टन खाद्यान्न खरिद गर्ने भएको छ । खाद्यान्नको मौज्दात राख्न, व्यावसायिक कारोबार गर्नुका साथै दुर्गम जिल्लामा खाद्यान्न आपूर्ति गर्नका लागि चार अर्ब रुपियाँ बराबरको १ लाख ६ सय ७० टन खाद्यान्न खरिद गर्न लागेको कम्पनीले जनाएको छ । बजारमा खाद्यान्न आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि एक लाख टन खाद्यान्न खरिद गर्न लागेको पनि कम्पनीले जानकारी दियो ।

उपभोक्तालाई सहुलियदरमा खाद्यान्न वितरण गर्नका लागि कम्पनीले ठूलो परिणाममा खाद्यान्न गर्न लागेको हो भन्दै कम्पनीका नायव महाप्रवन्धक श्रीममणिराज खनालले बजारमा सहुलियदरमा खाद्यान्न वितरण गर्नका लागि एक लाख टन खाद्यान्न खरिद गर्न लागिएको बताए । धान, चामल, गहुँ, चिनी, सिमी, भटमास, मास, मसुरोको दाल, रहरको दाल, तोरीको तेल र सनफलावर खरिद गर्ने तयारी गरेको उनले जानकारी दिए । दुर्गम तथा सुगम ठाउँमा कम्पनीले खाद्यान्न वितरण गर्दै आइरहेको उल्लेख गर्दै खनालले भने, “बजारमा मूल्य नियन्त्रण गरी उपभोक्तालाई सहुलियत दरमा खाद्यान्न उपलव्ध गराउनका लागि यो वर्ष पनि खाद्यान्न खरिद गर्न लागेको छौं ।”

Advertisement

कारोबार दैनिकबाट । 

Advertisement

Advertisement