भाटभटेनीले भन्यो-‘देशभरका कुनै पनि कर्मचारीलाई हालसम्म कोरोना भएको छैन’

Advertisement

काठमाडौँ । भाटभटेनी सुपरमार्केटले देशभरका आफ्ना कुनै पनि कर्मचारीलाई हालसम्म कोरोना नभएको स्पष्ट पारेको छ । 

भाटभटेनीले विज्ञप्ति प्रकाशित गरी लकडाउन अवधिदेखि नै विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेको स्वास्थ्य सावधानी र मापदण्डअनुसार सेवा दिंदै आएको उल्लेख गरेको छ । 

Advertisement

लकडाउन खुलेपछि पनि कम्पनीले आफ्ना सुपरमार्केटका छोइने ठाउँहरुलाई नियमित निःसंक्रमित गर्नुका साथै कर्मचारीलाई माक्स, पञ्जा, फेससिल्ड लगाएर मात्र काममा खटाएको उल्लेख गरेको छ । 

किनमेलका लागि आउने ग्राहकलाई पनि ज्वरो परीक्षण र स्यानिटाइजर प्रयोग गर्न लगाएर तोकिएको न्यूनतम दुई मिटरको दुरी कायम हुने गरी मात्रै प्रवेश दिइएको छ । 

कम्पनीले आफ्ना आउटलेटहरुमा जनस्वास्थ्य सम्बन्धी मापदण्ड पूरा भए–नभएको सीसी क्यामरामार्फत अनुगमन गरिरहेको जनाएको छ । ‘त्यसको फलस्वरुप हालसम्म कम्पनीका सबै कर्मचारी कोरोना भाइरसको संक्रमणबाट जोगिएका छन्’–कम्पनीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 
 

Advertisement

Advertisement