एभरेष्ट बैंक दुई दिनका लागि बन्द, कारण– कर्मचारीहरुमा कोरोना देखियो

Advertisement

काठमाडौँ । कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएपछि एभरेष्ट बैंकको लाजिम्पाटस्थित मुख्यालय दुई दिनका लागि बन्द गरिएको छ । 

उक्त बैंकको एक शाखा पनि सोही कारण बन्द भएको छ । बैंकका दुई जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सोमबार र मंगलबारका लागि मुख्य र एक शाखा कार्यालयमा कारोबार बन्द गरिएको हो ।

Advertisement

बैंकका एक अधिकारीका अनुसार कोरोना पोजेटिभ देखिएका कर्मचारीहरुलाई आइसोलेशनमा पठाइसकिएको छ । उनले शनिबार कर्मचारीहरुको पीसीआर टेष्ट गरिएको र दुई जनालाई पोजेटिभ देखिएको बताए । 

बैंक खाली गरेर ‘डिसइन्फेक्टेड’ गर्ने काम भएकाले दुई दिनका लागि बन्द गर्नुपरेको उनले बताए । अन्य शाखाहरुबाट नियमित कारोबार हुने बैंकले जनाएको । 

Advertisement

Advertisement